SHARE
अन्नपूर्ण · आइबार​ २३ कात्िक २०८३ ०६:०० PM · 1 मिनेट पढाइ

सन्धिखर्कमा छाडा कुकुरको संरक्षण अभियान : उपचारदेखि खानासम्म, होस्टेल बनाउँदै नगरपालिका

अर्घाखाँची : अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले बजार क्षेत्रमा रहेका छाडा तथा सामुदायिक कुकुरको संरक्षण, स्वास्थ्य उपचार र व्यवस्थापनका लागि विशेष अभियान सञ्चालन गरेको छ। कुकुरलाई सडकमा बेवारिसे छाड्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै तिनको नियमित उपचार, औषधोपचार, खानपान र संरक्षणमा नगरपालिकाले सक्रियता देखाएको हो।