SHARE
पर्दाफास · शनिबार २२ कात्िक २०८३ १२:४३ PM · 1 मिनेट पढाइ

तिहारमा विद्युत् अभाव नहुने, २४सै घण्टा प्राविधिक टोली परिचालन

नेपाल विद्युत् प्राधिकरणले तिहार तथा छठ पर्वमा विद्युत् आपूर्ति नियमित राख्न विशेष व्यवस्थापन गरेको छ । लक्ष्मीपूजाका दिन विद्युत्को मागभन्दा आन्तरिक उत्पादन बढी हुने प्रक्षेपण गर्दै प्राधिकरणले सम्भावित प्राविधिक अवरोध तत्काल समाधान गर्न चौबीसै घण्टा जनशक्ति परिचालन गर्ने व्यवस्था मिलाएको हो ।