SHARE
पर्दाफास · शनिबार २२ कात्िक २०८३ ११:१४ AM · 1 मिनेट पढाइ

धरानबाट बरामद भएको ४७ केजी शङ्कास्पद वस्तु विस्फोटक पदार्थ भएको पुष्टि

सुनसरीको धरान उपमहानगरपालिका–८, तीनकुनेबाट कात्तिक १० गते बरामद भएको शङ्कास्पद वस्तु विस्फोटक पदार्थ भएको पुष्टि भएको छ । इटहरीबाट धरानतर्फ जाँदै गरेको प्र.०२–००२ ख १६१८ नम्बरको मिनी ट्रक जाँच गर्ने क्रममा भन्सार छली गरी ल्याइएका विभिन्न सामानसँगै बोराभित्र प्याकिङ गरिएको सेतो ठोस पदार्थ बरामद भएको थियो।