SHARE
पर्दाफास · शनिबार २२ कात्िक २०८३ ११:४० AM · 1 मिनेट पढाइ

जहाँ गाउँ छन् त्यहाँ बाटो छैन, हिमाली क्षेत्रको समस्या बदल्ने गृहमन्त्रीको दाबी

गृहमन्त्री सुदन गुरुङले हिमाली जिल्लामा सडक सञ्जालको अभावका कारण नुनलगायत दैनिक उपभोग्य वस्तु महँगो पर्ने गरेको बताएका छन् । शनिबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को शुभकामना आदानप्रदान कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले हिमाली क्षेत्रका बासिन्दाले सडक सुविधा नहुँदा दैनिक उपभोग्य वस्तु ढुवानीमा कठिनाइ भोग्नुपरेको बताए ।