सर्वोच्च अदालतका प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ जारी
सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका चार जनाको संसदीय सुनुवाइ आज पनि जारी रहेको छ । न्याय परिषद्ले डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको हो ।