आज काग तिहार
यमपञ्चकको पहिलो दिन आज काग पूजा गरिँदैछ । यमराजको दूतका रूपमा कागलाई मनपर्ने खानेकुरा दिएर आज शनिबार यसवर्षको काग तिहार मनाइँदैछ । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित कागेश्वरी महादेव मन्दिर र हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा आज कागको विशेष पूजाआराधना गरिन्छ ।