एलआरआर ग्रुपद्वारा धनतेरसका दिन २६ युनिट गाडी हस्तान्तरण, स्काईवेलका १० ईभी ग्राहकलाई
एलआरआर ग्रुपले धनतेरसको अवसर पारेर आफूले आधिकारिक रुपमा आयात गर्ने विभिन्न ब्राण्डका २६ युनिट विद्युतीय गाडी (ईभी) ग्राहकलाई हस्तान्तरण गरेको छ । कम्पनीले धनतेरसको अवसर पारेर स्काईवेल, जीली र बिएडब्ल्यू ईभी ग्राहकलाई हस्तान्तरण गरेको हो । एलआरआर ग्रुपका अनुसार स्काईवेलका १० युनिट ईभी शुक्रबार एकैदिन ग्राहकलाई हस्तान्तरण गरिएको छ ।