SHARE
पर्दाफास · शनिबार २२ कात्िक २०८३ ०२:५३ AM · 1 मिनेट पढाइ

१२.०२ ग्राम खैरो हेरोइनसहित चार जना पक्राउ

सुर्खेतको वीरेन्द्रनगरबाट लागू औषध खैरो हेरोइनसहित चार जना पक्राउ परेका छन्। लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले वीरेन्द्रनगर नगरपालिका-१३, करेखोलाबाट २ जनालाई ३.१९० ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको हो।