SHARE
पर्दाफास · शुक्रबार​ २१ कात्िक २०८३ ११:३९ AM · 1 मिनेट पढाइ

निषेधित क्षेत्रमा अनुमति नलिई पदयात्रा गराउने ट्राभल्स एजेन्सीसहित चार विदेशीलाई कारबाही

निषेधित क्षेत्रमा आवश्यक अनुमति नलिई पदयात्रा गराएको भन्दै अध्यागमन विभागले एक ट्राभल्स एजेन्सीसहित चार विदेशी नागरिकलाई कारबाही गरेको छ। विभागका अनुसार डोल्पा जिल्लाको निषेधित क्षेत्र तल्लो डोल्पामा पदयात्रा अनुमति नलिई मेक्सिकोका चार जना नागरिक प्रवेश गरेको पाइएपछि कारबाही गरिएको हो।