आशुतोष इनर्जी लिमिटेडले पायो आईपीओ निष्काशन अनुमति
आशुतोष इनर्जी लिमिटेडले आईपीओ निष्काशनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले कार्तिक २० गते कम्पनीलाई १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता आईपीओ निष्काशनको अनुमति दिएको हो। कम्पनीले लमजुङमा ८.६३ मेगावाट क्षमताको चेपेखोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०७९ असोज देखि नियमित विद्युत उत्पादन गरिरहेको छ ।