SHARE
पर्दाफास · शुक्रबार​ २१ कात्िक २०८३ ०४:५० AM · 1 मिनेट पढाइ

उत्तरी नाका सञ्चालन नहुँदा फलफूल महँगियो, चाडपर्वमा उपभोक्तालाई मार

चीनसँगको तातोपानी नाका सहज रूपमा सञ्चालन हुन नसक्दा फलफूल व्यवसायीहरू ठूलो मारमा परेको नेपाल फलफूल थोक व्यवसायी संघका अध्यक्ष अमर बानियाँले बताएका छन् । उनका अनुसार तातोपानी नाका नियमित रूपमा सञ्चालन हुन नसक्दा फलफूल तथा अन्य खाद्यवस्तु कोराला नाका हुँदै ल्याउनुपर्ने बाध्यता छ ।