SHARE
पर्दाफास · शुक्रबार​ २१ कात्िक २०८३ ०३:११ AM · 1 मिनेट पढाइ

यस्तो छ प्रहरीको चाडपर्वलक्षित विशेष सुरक्षा योजना

नेपालीको महत्त्वपूर्ण पर्व तिहार, नेपाल संवत् तथा छठपर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू गरेको छ । चाडपर्वका समयमा शान्ति, सुरक्षा कायम राख्न तथा सम्भावित आपराधिक र अवाञ्छित गतिविधि नियन्त्रण गर्न प्रहरीले विशेष सुरक्षा व्यवस्था मिलाएको हो ।