SHARE
पर्दाफास · बिहीबार २० कात्िक २०८३ ०१:३४ PM · 1 मिनेट पढाइ

भारतीय विदेश सचिव मिस्री र रवि लामिछानेबीच भेटवार्ता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेश सचिव विक्रम मिस्रीले शिष्टाचार भेट गरेका छन् । दुईदिने औपचारिक भ्रमणका क्रममा नेपाल आएका मिस्रीले बिहीबार बूढानीलकण्ठस्थित लामिछानेको निवासमा पुगेर भेटवार्ता गरेका हुन् ।