SHARE
पर्दाफास · बिहीबार २० कात्िक २०८३ १२:३६ PM · 1 मिनेट पढाइ

प्रदीप पौडेलको चेतावनी- सरकारले आफ्ना गल्ती ढाकछोप गर्न सभापति थापाबारे अफवाह फैलायो, तर्सिंदैनौँ

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकारले आफ्ना गल्ती तथा कमजोरी ढाकछोप गर्न सभापति गगनकुमार थापाबारे अफवाह फैलाएको आरोप लगाउँदै धम्की दिँदैमा कांग्रेस नतर्सिने बताएका छन् । बिहीबार पार्टी मुख्यालय सानेपामा पार्टी पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री पौडेलले बिचौलिया इनम सापकोटा र सभापति थापाबीच कुनै पनि प्रकारको चिनजान र लेनदेन नभएको स्पष्ट पारे ।