SHARE
पर्दाफास · बिहीबार २० कात्िक २०८३ १०:४३ AM · 1 मिनेट पढाइ

नेप्सेमा १२.९५ अंकको गिरावट, कारोबार रकम पनि घट्यो

साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार परिसूचक नेप्से १२.९५ अंकले घटेर २ हजार ६५२ अंकमा झरेको छ । बजारमा कारोबार सुरु भएको दुई मिनेटसम्म बढ्ने संकेत देखिए पनि त्यसपछि दिनभर नेप्से घटेको थियो । बजार घटेसँगै कारोबार रकममा पनि कमी आएको छ ।