पक्राउ पर्ने हल्लाबीच गगन थापाले भने- ‘एक सुका पनि आर्थिक चलखेल भएको प्रमाणित गरेर देखाउनुस्’
नेपाली कांग्रेसका सभापति गगन थापाले आफू कमजोर नैतिक धरातलमा नउभिएको प्रतिक्रिया दिएका छन्। पार्टीको विशेष महाधिवेशनमा पैसाको चलखेल गरेको अडियोसँगै पक्राउ पर्नसक्ने हल्लाबीच उनले सरकारका गलत कदमविरुद्ध बोल्दा आफूविरुद्ध प्रायोजित हल्ला फैलाएको भन्दै यसले आफूलाई कमजोर पार्न नसक्ने दाबी गरेका छन्।