SHARE
मकालु खबर · बिहीबार २० कात्िक २०८३ ०९:२४ AM · 1 मिनेट पढाइ

ट्रक र मोटरसाइकल ठोक्किँदा यादवद्वयको मृत्यु

सिरहा । सिरहा नगरपालिका–११ भलुवाहीस्थित चोहर्वा–सिरहा सडकमा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका–२२ का अम्रेशकुमार यादव र गोलबजारका श्रीदेव यादव रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रमेशबहादुर पालले जानकारी दिए ।