SHARE
पर्दाफास · बिहीबार २० कात्िक २०८३ ०८:१५ AM · 1 मिनेट पढाइ

धनतेरसका लागि राष्ट्र बैंकले बेच्न थाल्यो सुन र चाँदीका सिक्का

नेपाल राष्ट्र बैंकले तिहारको धनतेरसलाई लक्षित गर्दै बिहीवारदेखि सुन र चाँदीका सिक्का विक्री शुरु गरेको छ । राष्ट्र बैंकले काठमाडौंको बबरमहलस्थित टक्सार विभागबाट असर्फी र चाँदीका सिक्का विक्री शुरु गरेको हो । धनतेरसमा सुनका असर्फीको माग बढी हुने भएकाले सर्वसाधारणलाई सहज रूपमा उपलब्ध गराउने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ ।