प्रहरीलाई प्रविधिमैत्री बनाउने नवनियुक्त आईजीपी केसीको घोषणा, गुनासो सुन्न छुट्टै संयन्त्र
नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोजकुमार केसीले नेपाल प्रहरीको नेतृत्व सम्हाल्दै अपराधका आधुनिक स्वरूपविरुद्ध कडा कदम चाल्ने प्रतिबद्धता जनाएका छन् । बुधबार दज्र्यानी चिह्न ग्रहण गरेपछि सम्बोधन गर्दै उनले साइबर अपराध, क्रिप्टो कारोबार र संगठित अपराधको चुनौती सामना गर्न प्रहरी संगठनलाई प्रविधिमैत्री र थप विशिष्टीकृत बनाउने उद्घोष गरेका हुन् ।