SHARE
पर्दाफास · बुधबार १९ कात्िक २०८३ ११:३६ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीबाट क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माणमा सहयोग गर्न भारत तयार

भारतीय विदेश सचिव विक्रम मिस्रीले भोटेकोशी बाढीबाट क्षतिग्रस्त नेपालको पूर्वाधार पुनर्निर्माण तथा पुनःस्थापनाका लागि सहयोग गर्न भारत तयार रहेको बताएका छन् । बुधबार नेपालको भ्रमणका क्रममा परराष्ट्र सचिव अमृतबहादुर राईसहितको नेपाली प्रतिनिधिमण्डलसँगको छलफलमा उनले बाढीबाट नेपालको पूर्वाधारमा ठूलो क्षति पुगेको उल्लेख गर्दै पुनर्निर्माणमा भारत सहयोग गर्न इच्छुक रहेको बताएका हुन् ।