SHARE
पर्दाफास · बुधबार १९ कात्िक २०८३ ११:५६ AM · 1 मिनेट पढाइ

राजेन्द्र लिङ्देनले भने- ‘भ्रष्टाचार प्रमाणित भए राजनीति छाडेर विपक्षीको घरमा भाँडा माझ्छु’

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो सम्पत्ति छानबिन गर्न सरकारलाई पुनः चुनौती दिएका छन् । आफू र आफ्नो पार्टी भ्रष्टाचारविरुद्ध निर्मम रूपमा उभिन तयार रहेको उनले बताएका छन् ।