SHARE
पर्दाफास · बुधबार १९ कात्िक २०८३ १२:०८ PM · 1 मिनेट पढाइ

अनसनरत डा. गोविन्द केसीसँग वार्ताका लागि चार सदस्यीय टोली गठन

चिकित्सा शिक्षा सुधारको माग राख्दै अनसनमा बसेका प्रा.डा. गोविन्द केसीसँग वार्ता र संवाद गर्न सरकारले चार सदस्यीय वार्ता टोली गठन गरेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले सहसचिव जयराम अधिकारीको संयोजकत्वमा उक्त वार्ता टोली गठन गरेको हो।