काठमाडौं आइपुगे भारतीय विदेश सचिव मिस्री, प्रधानमन्त्री बालेनसँग भेटवार्ता गर्ने
भारतीय विदेश सचिव विक्रम मिस्री नेपाल आएका छन् । मिस्री दुई दिने औपचारिक भ्रमणका लागि आज (बुधबार) नेपाल आएका हुन् । नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यसहित उनी नेपालको औपचारिक भ्रमणमा आएका हुन् । भ्रमणका क्रममा विदेश सचिव मिस्रीले प्रधानमन्त्री बालेन शाहसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।