SHARE
पर्दाफास · बुधबार १९ कात्िक २०८३ ०४:१६ AM · 1 मिनेट पढाइ

दुई लाख ५० हजार मूल्य बराबरको पटका नष्ट

सशस्त्र प्रहरीले विराटनगरमा भारतबाट अवैध रूपमा भित्र्याइएका रु दुई लाख ५० हजार मूल्य बराबरको पटका नष्ट गरिएको छ । तिहारको समयमा भारतबाट अवैध रूपमा नेपाल भित्र्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले विभिन्न मिति र स्थानबाट नियन्त्रणमा लिएका पटका नष्ट गरेको हो ।