इनम प्रकरणमा कांग्रेसको आरोप : ‘बालेनराजमा प्रश्न प्रतिपक्षलाई मात्रै गरिन्छ ?’
काठमाण्डु- नेपाली कांग्रेसकी महामन्त्री डा. डिला संग्रौलाले इनम सापकोटा प्रकरणलाई लिएर सरकार र प्रधानमन्त्री बालेन्द्र शाहमाथि प्रश्न उठाएकी छन्। उनले इनम सापकोटा प्रकरणले सत्ताको दुरुपयोग भइरहेको विषय सार्वजनिक भएको दाबी गर्दै देशमा सुशासनभन्दा ‘छाडातन्त्र’ हावी हुन थालेको टिप्पणी गरेकी छन्।