२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६०८ जनालाई कारबाही
ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६०८ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । बुधबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ७९, सिसिटिभिमार्फत ३५, रातोबत्तीमा २३ जना चालकलाई कारबाही गरिएको छ ।