अर्को वर्ष पनि एनपीएल खेल्न आउँछु, नेपालमा क्रिकेट प्रतिभाको कमी छैन: आन्द्रे रसेल
काठमाडौं । विराटनगर किंग्सका अलराउण्डर आन्द्रे रसेलले नेपालमा क्रिकेटको प्रतिभा र खेलाडीहरूको क्षमताबाट आफू प्रभावित भएको बताएका छन् । उनले नेपाल प्रिमियर लिग (एनपीएल) ले नेपाली क्रिकेटको प्रतिभा विकासमा महत्वपूर्ण भूमिका खेलिरहेको उल्लेख गर्दै आगामी वर्ष पनि प्रतियोगितामा सहभागी हुन आउने बताएका छन् ।