यी हुन् धितोपत्र बोर्डसँग PEVC को लाईसेन्स मागेका ४३ कम्पनी, आज्ञाले पाईसक्यो LOI
नेपाल धितोपत्र बोर्डमा विशिष्टीकृत लगानी कोषको कोष व्यवस्थापकको अनुमतिपत्रका लागि आवेदन पेश गरेका संस्थाहरु झन्डै ४ दर्जन पुगेका छन्। बोर्डका अनुसार आजको मितिसम्ममा ४३ वटा कम्पनीले विशिष्टीकृत लगानी कोषको कोष व्यवस्थापकको लाईसेन्स माग गरेका छन् । यस्ता संस्थालाई बोलीचालीको भाषामा Private equity venture capital (PEVC) भनिँदै आएको छ।