विपद्बाट प्रभावित २६९ बालबालिकालाई संरक्षणको आवश्यकता, १८ वर्षसम्मको पालनपोषण र शिक्षाको व्यवस्था गरिने
भोटेकोशी तथा कालीगण्डकी करिडोरमा आएको विपद्बाट प्रभावित २ सय ६९ जना बालबालिकालाई विशेष संरक्षणको आवश्यकता रहेको पाइएको छ । तीमध्ये ४१ जना बालबालिकाले बाबुआमा दुवै गुमाएका वा दुवै सम्पर्कविहीन भएका छन् । सरकारले गरेको विस्तृत अध्ययनका क्रममा यस्तो तथ्य फेला परेको हो ।