ह्याकरले सयौं फ्रिज ह्याक गरेर ५० डिग्री पुर्याईदिए तापक्रम, करोडौंको खाद्यान्न क्षति
फ्रान्समा अहिलेसम्मकै अनौठो साइबर आक्रमण भएको छ। फ्रान्सका सयौं सुपरमार्केटका फ्रिज र फ्रिजरमा साइबर आक्रमण भएको हो। अक्टोबर ११ र १२ बीचको रातमा भएको यो आक्रमणले फ्रान्सका सयौं सुपरमार्केटका फ्रिज र फ्रिजरको तापक्रम बढायो, जसमा इन्टरमार्चे, कोअपरेटिभ यू र ई.लेक्लर्क जस्ता ब्रान्ड प्रभावित भएका छन्।