मोरङको केरौन १३२ केभी सबस्टेसन सञ्चालनमा, लाइन ट्रिपिङको समस्या कम हुने
मोरङका उत्तर तथा दक्षिण पूर्वी क्षेत्रको विद्युत आपूर्तिलाई थप भरपर्दो, गुणस्तरीय र सुरक्षित बनाउन कानेपोखरी गाउँपालिका–२ मा निर्माण गरिएको १३२ केभी क्षमताको केरौन सबस्टेसन सञ्चालनमा आएको छ । नेपाल विद्युत प्राधिकरणले आइतबार, कात्तिक १५ गते सबस्टेसन चार्ज गरी सञ्चालनमा ल्याएको हो ।