नेपालमा ‘अर्नब’ चक्रवातको प्रभाव हट्यो, अब मौसम सफा र घमाइलो हुने
काठमाडौं । नेपालमा ‘अर्नब’ चक्रवातको प्रभाव समाप्त भएसँगै देशभरको मौसममा क्रमिक सुधार आउन थालेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अबका दिनमा अधिकांश स्थानमा मौसम सफा र घमाइलो हुँदै जानेछ । मौसमविद् सञ्जीव अधिकारीका अनुसार आइतबारदेखि नै मौसममा उल्लेखनीय सुधार देखिएको छ ।