पहिलो त्रैमासमा नेपाल बैंकको नाफा ८३ करोड, गत वर्षभन्दा ४१ प्रतिशत बढी
काठमाडौं । नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा ८३ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफा ४१.४५ प्रतिशतले बढेको हो ।