एनएमबि बैंकको नाफा २७ प्रतिशतले बढ्यो, तीन महिनामै कमायो १ अर्ब १६ करोड
काठमाडौं । एनएमबि बैंकको खुद नाफा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा २७.११ प्रतिशतले बढेको छ । बैंकले सार्वजनिक गरेको असोज मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा १ अर्ब १६ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।