पत्रकार पक्राउको भोलिपल्ट आईजीपी कार्कीले भने- ‘पत्रकारितामा अवरोध हुन दिँदैनौँ’
काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सञ्चारकर्मीबाट निष्पक्ष, तथ्यपूर्ण तथा साहसिक पत्रकारिताको अपेक्षा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै आईजीपी कार्कीले संवेदनशील परिस्थितिमा नागरिकलाई सही र समयमै सूचना प्रवाह गर्न सञ्चारकर्मीको भूमिका महत्त्वपूर्ण रहेको बताएका हुन् ।