SHARE
लोक पथ · शनिबार १५ कात्िक २०८३ ०६:११ AM · 1 मिनेट पढाइ

बाढीपहिरोले देशभरका १२ भन्दा बढी सडकखण्ड अवरुद्ध, पृथ्वीराजमार्ग र बीपी राजमार्ग पूर्ण ठप्प

काठमाडौं । अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण पृथ्वीराजमार्गसहित देशभरका १२ वटाभन्दा बढी सडकखण्ड अवरुद्ध भएका छन् । विभिन्न स्थानमा पहिरो खस्ने, खोलामा लेदो तथा ढुङ्गामाटो बग्ने र पानीको बहाव बढ्ने क्रम जारी रहेपछि सडक यातायात प्रभावित भएको छ ।