SHARE
Kalo Pati · शुक्रबार​ १४ कात्िक २०८३ ०८:११ AM · 1 मिनेट पढाइ

सुन तोलामा ३ हजार २ सय रुपैयाँ घट्यो

काठमाडौं । शुक्रबार सुनको मूल्य तोलामा ३ हजार २ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ८० हजार ३ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन २ लाख ८३ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।