SHARE
Kalo Pati · मङगलबार ९ मंिर २०८३ ११:३५ AM · 1 मिनेट पढाइ

कालीमाटी बजारमा सुन्तलाको बिक्री सुरु (तस्बिरहरू)

काठमाडौं । सुन्तलाको मुख्य सिजन सुरु भएसँगै काठमाडौंको कालीमाटी फलफूल तथा तरकारी बजारमा सुन्तलाको कारोबार बढ्न थालेको छ। बजारमा नेपालका विभिन्न जिल्लाबाट ल्याइएका सुन्तला बिक्रीका लागि राखिएका छन्। कालीमाटी बजारमा गोरखा, तनहुँ, स्याङ्जा, कास्कीलगायत जिल्लाबाट सुन्तला भित्रिन थालेका हुन्। अहिले बजारमा सुन्तलाको आकार र गुणस्तरअनुसार मूल्य निर्धारण गरी बिक्री भइरहेको छ।