राष्ट्र बैंकले घटाईदियो कर्णालीका ३५ शेयरधनीको शेयर, ५०० कित्ता हुनेसँग अब ५ कित्ता मात्र
नेपाल राष्ट्र बैंकद्वारा गठित व्यवस्थापन समूहले समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैक लिमिटेडका शेयरधनीहरूको शेयरपूँजी घटाईदिएको छ। राष्ट्र बैंकले संस्थापक शेयरधनीतर्फ २५ शेयरधनी र साधारण शेयरधनीतर्फ १० शेयरधनीको शेयरपूँजी घटाईदिएको हो। उनीहरुको शेयर पुँजी घटाएर १ प्रतिशत कायम गरिएको छ। नेपाल राष्ट्र बैकले २०८१ पुस १० गते कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त संस्था घोषणा गरेको थियो।