SHARE
लोक पथ · शुक्रबार​ १४ कात्िक २०८३ ०६:३५ AM · 1 मिनेट पढाइ

दुई अर्बभन्दा बढीको क्रिप्टो कारोबार गरेको आरोपमा धनुषाका २८ वर्षीय युवक पक्राउ

काठमाडौं । गैरकानुनी रूपमा क्रिप्टोकरेन्सी कारोबार गरेको अभियोगमा धनुषाको सबैला नगरपालिका–१२ का २८ वर्षीय सुनिलकुमार यादव पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार यादवले हालसम्म दुई अर्ब १६ करोड एक लाख २० हजार ८२१ रुपैयाँ बराबरको क्रिप्टोकरेन्सी कारोबार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।