SHARE
लोक पथ · बिहीबार १३ कात्िक २०८३ ०३:१९ AM · 1 मिनेट पढाइ

सिराहामा हवाई फायर गरी दुई जना भारतीय नागरिक पक्राउ

काठमाडौं । प्रहरीले सिराहाको मार्डरमा हवाई फायर गरी दुई जना भारतीय लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्युरोका अनुसार उनीहरुलाई आज बिहीबार बिहान पक्राउ गरिएको हो । उनीहरूको साथबाट ३०० ग्राम खैरो हेरोइन र एउटा मोटरसाइकल बरामद भएको जनाइएको छ ।