SHARE
पर्दाफास · बुधबार २८ असो २०८३ ०१:४९ AM · 1 मिनेट पढाइ

आजदेखि शुक्र अस्त, दशैंको पूजाआजा र टीका जमरा लगाउन बाधा नपर्ने

आज दिउँसो १ बजेर ४० मिनेटदेखि शुक्र ग्रह पश्चिम दिशामा अस्त हुँदैछन्। आज अस्त हुने शुक्र ग्रह आगामी कात्तिक ११ गते बुधबार राति १२ बजेर ४९ मिनेटमा पूर्व दिशामा उदय हुनेछन्। यस अवधिमा नेपालीहरूको महान् चाड बडादशैँ परेपनि दसैँको पूजाआजा गर्न तथा टीका–जमरा लगाउन भने कुनै बाधा नपर्ने भएको छ।