सुनको मूल्य एकैदिन ६ हजार ५ सय रुपैयाँले घट्यो, तोलाको कति पुग्यो?
नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा ६ हजार पाँच सय रुपैयाँले घटेर २ लाख ४१ हजार ४ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुन तोलामा २ लाख ४७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ ।