उत्तरगयामा बाढीले मरेका पशुपन्छीको अवशेष व्यवस्थापन सुरु, प्रभावितलाई अस्थायी रोजगारी दिइने
रसुवाको उत्तरगया गाउँपालिकामा बाढीबाट मरेका पशुपन्छीका अवशेष व्यवस्थापन तथा क्षतिग्रस्त कृषि क्षेत्रको पुनस्र्थापनाका काम सुरु गरिएका छन् । खाद्य तथा कृषि संगठन (एफएओ) अन्तर्गत सञ्चालित परियोजनाले पशुपन्छीका अवशेष व्यवस्थापनसँगै बाढीले क्षति पुर्याएका खेतीयोग्य जमिन, सिँचाइ कुलो र खानेपानीका संरचना पुनस्र्थापनालाई प्राथमिकतामा राखेको छ ।