SHARE
पर्दाफास · मङगलबार २७ असो २०८३ ०९:२२ AM · 1 मिनेट पढाइ

मुस्ताङी च्याङ्ग्रा बेच्न गोठालासँगै जनप्रतिनिधिहरु पोखरामा

नेपालीहरूको महान चाड बडादशैँको रन्को गाउँ–शहरमा फैलिन थाल्दा गण्डकीको मुख्य व्यापारिक केन्द्र पोखरामा छुट्टै चहलपहल थपिन्छ । त्यो चहलपहल हो, समुन्द्री सतहदेखि ४ हजार मिटरभन्दा अग्लो तिब्बती सीमावर्ती पठारबाट हिँडाएर ल्याइने रैथाने हिमाली च्याङ्ग्राको आगमन ।