SHARE
पर्दाफास · सोमबार २६ असो २०८३ ०५:२० AM · 1 मिनेट पढाइ

सडक खन्ने क्रममा पहिरो खस्दा एक्काभेटर चालक पुरिए, सहचालक घाइते

मुगुको जिल्लाको खत्याड गाउँपालिकामा सडक निर्माणका क्रममा सुक्खा पहिरो खस्दा एक्काभेटर (स्काईभेटर) र त्यसका चालक पुरिएका छन् भने सह–चालक घाइते भएका छन् । खत्याड गाउँपालिका–११ स्थित बिरा खोलामा मुगु–रारा भित्री सडक खण्डको बेलीब्रिज जोड्ने नयाँ सडक कटिङ गर्ने क्रममा सोमबार बिहान करिब ८ः३० बजे माथिबाट एक्कासी सुक्खा पहिरो खसेको थियो ।