SHARE
पर्दाफास · सोमबार २६ असो २०८३ ०२:३१ AM · 1 मिनेट पढाइ

च्याङ्ग्रा बेच्दै बित्छ दशैं, फोनमै साटिन्छ परिवारसँगको खुसी

घरमा आमासहित परिवार छन्। आफन्त छन्। दसैँमा टीका र जमरा लगाउने, तिहारमा दाजुभाइ तथा दिदीबहिनीसँग खुसी साट्ने रहर पनि छ। तर बझाङको साइपाल गाउँपालिकाका घुरनबहादुर बोहराका लागि चाडपर्व घर फर्किने समय होइन, व्यापारका लागि घर छाड्ने समय हो। घुरन भेडाच्याङ्ग्राको बथान लिएर पोखरा र काठमाडौँ पुग्छन्।