पक्राउ परेकामाथि अनुसन्धान गर्न पाँच दिनको म्याद थप, पौडेल भन्सारका कर्मचारी भएको खुल्यो

काठमाडौँ - सुन तस्करी प्रकरणमा पक्राउ परेकामाथि अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले सिआइबीलाई पाँच दिनको म्याद दिएको छ ।

आज अदालतमा पेश गरिएका आरोपीमाथि अनुसन्धान गर्न पाँच दिनको म्याद थप भएको प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले बताए । उनका अनुसार दुई छुट्टाछुट्टै सुन तस्करी प्रकरणमा प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो ।

प्रहरीले ६१ किलो सुन तस्करी प्रकरणमा गणेश पौडेल र किशोर बस्नेतलाई पक्राउ गरेको थियो । ६१ किलो सुन तस्करी प्रकरणमा उनीहरूसहित अहिलेसम्म २५ जना पक्राउ परेका छन् । उनीहरूमाथि सङ्गठित अपराधमा अनुसन्धान भइरहेको छ ।