महामन्त्रीद्वयको प्रतिवेदनमाथि सहमति जुटाउन बुढानीलकण्ठमा कांग्रेसको बैठक  

काठमाडौँ । नेपाली कांग्रेसका शीर्ष नेताहरूको बैठक बस्दैछ। केहीबेरमा सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बस्ने बैठकमा वर्तमान पदाधिकारीसँगै पूर्व पदाधिकारीहरूलाई पनि बोलाइएको सहमहामन्त्री जीवन परियारले जानकारी दिए।

बैठकमा पनि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदनमाथि छलफल गरी सहमति जुटाउने प्रयास हुनेछ।

आइतबार बस्ने केन्द्रीय समिति बैठकले पेश भएका प्रतिवेदन परिमार्जन गरी पारित गर्ने तयारी गरेकाले आज प्रतिवेदनमाथि सहमति जुटाउन लागिएको हो ।

यसअघि महामन्त्रीद्वयको प्रतिवेदनमा चर्को विवाद भएपछि केन्द्रीय समितिको बैठक आइतबारसम्मका लागि सारिएको थियो ।