मीनभवन कलेजका प्राध्यापक विष्टको हत्यामा संलग्न खड्का पक्राउ

काठमाडौँ । मीनभवन कलेजका प्राध्यापक धर्मराज विष्टको हत्यामा संलग्न एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । 

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधबार पत्रकार सम्मेलन गर्दै विष्टको हत्यामा संलग्न रन्जन खड्कालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

२०६४ सालमा प्राध्यापक विष्टको हत्या भएको थियो । प्राध्यापक विष्टले जिस्काउने गरेको भन्दै सविता थापाका भाइ विनोदसहितको समूहले विष्टलाई निर्घात कुटपिट गरी घाइते अवस्थामा २०६४ असार २६ गते ललितपुरको शंखमुलमा फेला परेको थियो ।

उपचारका क्रममा उनको मृत्यु भएको थियो ।  उक्त घटनामा संलग्न सविता र विनोदलाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको थियो भने विनोद थापा कैद सजाय काटेर जेलबाट छुटिसकेका छन् ।